काठमाडौ । सरकारले छिमेकी मुुलुक भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो ।
दुुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले धान र चामल ल्याउने विषयमा छलफल भएको र कति परिणाममा ल्याउने भनेर निर्णय भइनसकेको जानकारी दिए ।
बजारमा खाद्यान्न अभाव नभएको र आगामी दिनमा हुने सक्ने सम्भावित अभावलाई मध्यनजर गर्दै धान र चामल ल्याएर राख्ने हो कि भनी छलफल भएको गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ साउन २०८०, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनसुन प्रतिकूल : धान उत्पादन घट्ने चिन्ता
गहुँ र धानको बीउ उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी
चैते धान बिक्री नहुँदा किसान चिन्तित
धानखेतीको तालिका बदलिँदै, अब जेठमै पाक्छ धान