हजयात्रीले बुझाएको रकमले पुगेन, थप रकम माग

सफल खबर संवाददाता

आइतबार, २१ साउन २०८०, ०९ : ४७
हजयात्रीले बुझाएको रकमले पुगेन, थप रकम माग

काठमाडौ । सन् २०२३ को हजमा गएका यात्रीहरुले थप रकम बुझाउनुपर्ने भएको छ ।

यसअघि हजयात्रीले ४ लाख ६५ हजार रुपैयाँ बुझाएकमा सटही दरमा परेको फरक, बैंक प्रोसेसिङ शुल्कलगायतका कारणले तोकिएको रकमले नपुगेको नेपाल हज समितिले जनाएको छ । 

वास्तविक खर्च ४ लाख ६९ हजार २५ रुपैयाँ ८९ पैसा भएकाले समितिले सूचनामार्फत ४ हजार २५ रुपैयाँ ८७ पैसा थप रकम तोकिएको बैंकमा जम्मा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस