इमफाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । पछिल्लो हिंसामा दर्जनौँ घरमा आगजनी गरिएको र तीन जनाको मृत्यु भएको खबर छ। घटना विष्णुपुर जिल्लामा भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिए । मृत्यु हुने तीनै जना मेइती समुदायका थिए ।
यस वर्षको मे महिनाबाट सुरु भएको हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । कुकी नागरिक समाज समूहका प्रवक्ताले हालै भएको हिंसात्मक घटनाबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेत रोप्न गएकी महिलाको नदीमा डुबेर मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु