इमफाल । मणिपुरमा फेरि हिंसा सुरु भएको छ । पछिल्लो हिंसामा दर्जनौँ घरमा आगजनी गरिएको र तीन जनाको मृत्यु भएको खबर छ। घटना विष्णुपुर जिल्लामा भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिए । मृत्यु हुने तीनै जना मेइती समुदायका थिए ।
यस वर्षको मे महिनाबाट सुरु भएको हिंसामा १८० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।मणिपुरमा मेइती समुदाय र आदिवासी कुकी समुदायबीच तनावको वातावरण छ । कुकी नागरिक समाज समूहका प्रवक्ताले हालै भएको हिंसात्मक घटनाबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु