काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजतन्त्र ढाल्ने शक्तिले प्रजातन्त्र पनि ल्याउन सक्ने बताएका छन् । समाजवादी इन्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरुलाई राजनीतिकरुपमा नै सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने ‘ राष्ट्र निमार्णको इञ्जिनियरिङ गर्ने जिम्मा तपाईँहरूको छ, विकासको रोड म्याप बनाउने जिम्मा छ, त्यसमाथि समाजवादी लक्ष्य बोकेका इञ्जिनियरहरु राजनीति रूपमा हामी सहयोग गरौँला त्यसको खाका तपाईँहरूले बनाउने हो । ’
मन्त्री ज्वालाले गुण भएको विचार र सिद्धान्त भएको लक्ष्य स्पष्ट छ, भने एउटा लक्ष्यमा पुग्न सहज हुने उल्लेख गर्दै राजतन्त्र ढाल्ने शक्तिले समाजवाद पनि ल्याउन सक्ने बताए । उनले आफूहरू यो आँटका साथ अभियानमा होमिएको बताए ।
उनले भने ‘ धेरै समस्या र चुनौतीहरूको बीचमा केही आशा दिने गरी सरकारले काम गरेको छ । भ्रष्टाचारीहरूको विरुद्धमा अभियान चलाएको छ, त्यसमा सफल हुन्छौ । जनतालाई सेवा सुविधा दिने प्रयासमा छौ । ’
मन्त्री ज्वालाले यातायात व्यवस्थामा पनि धेरै समस्याहरू रहेको चर्चा गर्दै त्यसको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले योजनाहरू समयमा सम्पन्न गर्न आग्रह गर्दै हरेक योजनामा प्रगति देखिनु पर्ने र गुणस्तर पनि हुनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी पार्टी विद्रोहबाट जन्मेको हो : प्रकाश ज्वाला
चाडपर्वको मुखमा सार्वजनिक यातायातको भाडा बढाउन सकिँदैन : मन्त्री ज्वाला
मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन
मन्त्री ज्वाला प्राविधिकको टोलीसहित बाढी प्रभावित क्षेत्रमा
भौतिक पूर्वाधार मन्त्रालयले बाढी पहिरो प्रभावित क्षेत्रको छुट्टै स्थलगत अनुगमन गर्ने
गणतन्त्रमा जनताले बढी अपेक्षा गर्नु स्वाभाविक हो : प्रकाश ज्वाला