धनगढी । कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र दोधाराचाँदनी पुर्याइएका थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्या आराेपमा एकजना पक्राउ
श्रीमतीको हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय
श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या
काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या
घाँस काटिरहेकी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सम्पत्तिको लोभमा श्रीमतीको हत्या