काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विधान सम्मेलन भन्दापनि विशेष महाधिवेशनमा जान प्रस्ताव भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकको स्थायी समिति सदस्य जयपुरी घर्तीले विशेष महाधिवेशनमा जानु उपयुक्त हुने बताइन् ।
उनले भनिन्, ‘विधान संशोधन गरे केन्द्रीय समितिको संख्या घटाउनुपर्छ। विधान सम्मेलनभन्दा विशेष महाधिवेशन जानु उपयुक्त हुन्छ ।’ हिजोबाट जारी केन्द्रीय समितिको बैठकमा अहिले नेताहरुले धारणा राख्ने क्रमम जारी छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको कामप्रति समर्थन जनाएका छन्। तर, सरकारको कामको प्रशंसा गरेपनि नेताहरुले पार्टी नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन