क्यानडामा गजब प्रदर्शन गर्दै सन्दीप बने म्यान अफ दी म्याच

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, ११ : ०२
क्यानडामा गजब प्रदर्शन गर्दै सन्दीप बने म्यान अफ दी म्याच

काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले गजबको प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ। सोही योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए ।

सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको फराकिलो अन्तरले हरायो । उक्त खेलमा सन्दीपले निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

त्यस्तै जारी सिजनको ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा सर्वाधिक विकेट लिने बलरको सूचिमा सन्दीप तेस्रो स्थानमा आसिन छन् । प्रतियोगितामा उनले हालसम्म १० विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा लङ् भान विक पहिलो र म्याथ्यु फोर्ड दोस्रो स्थानमा छन् । लङ् भानले १२ र फोर्डले ११ विकेट लिएका छन् ।