जंगबहादुर र महेन्द्रका पालामा बनेको ऐनमा व्यापक फेरबदल

पत्रपत्रिकाबाट

शनिबार, २६ साउन २०७५, ०८ : ५४
जंगबहादुर र महेन्द्रका पालामा बनेको ऐनमा व्यापक फेरबदल

काठमाडौं  ।  पहिलोपटक जंगबहादुर राणा र दोस्रोपटक राजा महेन्द्र शाहका पालामा बनेको मुलुकी ऐनमा व्यापक फेरबदल गरी नयाँ ऐन आउँदैछ ।

आगामी भदौ १ देखि लागू हुने नयाँ ‘मुलुकी देवानी (संहिता)’ र मुलुकी अपराध (संहिता) ऐन लागू हुँदैछ ।  योसँगै १६५ वर्षदेखि अस्तित्वमा रहेको कानुन खारेज भई नयाँ कानुन लागु हुनेछ ।

राजा सुरेन्द्रविक्रम शाहको पालामा शक्तिशाली प्रधानमन्त्री जंगबहादुर राणाले पहिलोपटक मुलुकी ऐन बनाएर लागु गरेका थिए । यसको व्यावहारिक कार्यान्वयन राजा महेन्द्रको पालामा २०२० सालबाट भयो । यति लामो इतिहास बोकेको कानुन अबो एक सातापछि परिमार्जनसहित कार्यान्वयन हुन लागेको हो ।

नेपालको पारिवारिक कानुनमा समयसापेक्ष सुधार गर्न नयाँ कानुन ल्याउन अघिल्लो संसदले पारित गरेको थियो । त्यसमा आएका कतिपय विषयले नयाँ सामाजिक मान्यतालाई भने नयाँ मुलुकी संहिताले पनि सम्बोधन गर्न सकेको छैन ।

दुवै कानुन कार्यान्यवन गर्न सर्वोच्च अदालतले फौजदारी र देवानी संहिताका लागि आवश्यक पर्ने मुलुकी देवानी कार्यविधि (अदालती कारबाही) नियमावली फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन), जिल्ला अदालत नियमावली र उच्च अदालत नियमावली (संशोधन) सहितका पाँच नियमावली तयार र परिमार्जन भइसकेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस