काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले क्वीन्टल सुन प्रकरणमा सरकारले थालेको अनुसन्धान प्रक्रियालाई एमालेले सघाउनुपर्ने बताएका छन् ।
बुधबार केन्द्रीय समिति बैठकमा भाग लिन प्रज्ञाभवन कमलादीमा पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भइरहेको अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।सुन प्रकरणमा उच्चस्तरीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेपछि प्रतिनिधिसभा बैठक साउन २२ सम्मका लागि स्थागित भएको छ ।
‘सुन प्रकरणलाई लिएर एमालेले संसद अवरोध गर्न आवश्यक छैन । यस विषयमा सरकारकै निकाय केन्द्रीय अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाएको छ’, उनले भने, ‘उसले अनुसन्धान गरिसकेपछि चित्त बुझेन भने उच्चस्तरीय छानविनको माग राख्दा उचित होला ।
अहिले नै अनुसन्धान कार्यलाई प्रभावित पार्ने हिसाबले संसद अवरोध गर्नु उचित छैन ।’त्यस्तै उनले केन्द्रीय समिति बैठकबाट माओवादी आफ्नै खुट्टामा उभिने दाबी गरेका छन् । अहिलेसम्म भएका कमी कमजोरीबारे बैठकमा गम्भीर छलफल हुने भन्दै उनले आवश्यक परे फेरि संघर्षको नेतृत्व लिनेगरी पार्टीले कार्यक्रम ल्याउने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा