पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मिल्यो : प्रचण्ड

विहीबार, ०६ पुस २०७४, १६ : १६
पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मिल्यो : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आधुनिक नेपालमा सबैभन्दा ठूलो संघर्षको नेतृत्व आफूले गर्न पाएको बताएका छन् ।
बिहीबार राजधानीमा देशभक्त गणतान्त्रिक नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया, संविधान निर्माण  र समृद्ध नेपाल निर्माणको नेतृत्व आफूले गर्न पाएको बताए ।

उनले भने, ''पृथ्वीनाराण शाहपछि सबैभन्दा ठूलो संघर्षको नेतृत्व मलाई प्राप्त भयो,  यस्तो अवसर बिरलै मानिसहरुलाई प्राप्त हुन्छ । मैलै शान्ति प्रक्रिया, संविधान निर्माण र समृद्ध नेपालको नेतृत्व गर्ने अवसर पाएँ, सबै नेपाली जनताप्रति ऋणी छु ।''
अध्यक्ष दाहालले वाम गठबन्धनको विजयसँगै अब देशमा राजनीतिक स्थिरता र विकास हुने दाबी पनि गरे  । ''वाम गठबन्धनलाई नेपाली जनताले दिएको मतलाई सबैले अनुमोदन गरिसके, ''अध्यक्ष प्रचण्डले भने, '' जनताको फैसलाभन्दा अरु केही हुन सक्दैन । अब देशमा राजनीतिक स्थिरता र विकास हुन्छ । जनताले हामीमाथि धेरै आशा र भरोशा गरेका छन्, उनीहरुले हामीप्रति गरेको विश्वासलाई मर्न दिँदैनौं ।''
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनले देशको विकास र समृद्धिको निर्वाचनबाट राष्ट्रिय दल बनेका चार पार्टीहरुलाई पनि मिलाएर लैजाने बताए । 

प्रतिक्रिया दिनुहोस