काठमाडौ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। बैठक बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुनेछ।
बैठकका लागि परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने राखिएको छ।
सरकारले विभिन्न मुलुक तथा नियोगका लागि ६ जनालाई राजदूतमा सिफारिस गरेको छ। जसअनुसार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधिमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टाराई सिफारिस भएका छन्।
उनीहरूविरुद्ध संसदीय समितिले गत बुधबार उजुरी आह्वानका लागि १० दिनको समय दिएर सूचना जारी गरेको थियो।
मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री दिल्ली जाँदै