८ तलाबाट हामफालेर घरधनीको मृत्यु प्रकरणः घटनाको अनुसन्धान गर्दैै प्रहरी

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, २२ : ०१
८ तलाबाट हामफालेर घरधनीको मृत्यु प्रकरणः घटनाको अनुसन्धान गर्दैै प्रहरी

काठमाडौं । राजधानीको न्यूरोडस्थित मासागल्लीमा ५५ वर्षीय पुरुषको आत्महत्या प्रकरणको प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी नायव उपरीक्षक भेषराज रिजालको कमाण्डमा १२ जनाको प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार ५५ वर्षीय सञ्जय गुप्ताले मंगलबार आफ्नै घरको आठौँ तलाको छतबाट हामफालेर आत्महत्या गरेका हुन् । घटनालगत्तै उनलाई वीर अस्पतालमा लगेपनि चिकित्सकले मृत्यु भइसकेको पुष्टि गरेका थिए ।

उनको शव अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । उनले घरको छतबाट हामफालेर अनुसन्धान गरे भन्नेबारे खोजबिन भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस