३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल

पत्रपत्रिकाबाट

शनिबार, २६ साउन २०७५, ०७ : २६
३३ किलो सुन काण्डलाई पूर्णविराम लगाउने चलखेल

काठमाडौं  ।  सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन ।

आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो ।

तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।

केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।  टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।

बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री राम बहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् । स्रोतका अनुसार, यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेतको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ । पोद्दारले कमिसनमा केही पूर्वमन्त्रीसम्मलाई सेटिङ मिलाएको खबर आएपछि अनुसन्धान झन् सुस्ताएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस