काठमाडौं । माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दीपशीखा’ले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयको आलोचना गरेका छन् । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले साउन १७ देखि बस्ने बैठक लाइभ गर्ने तय गरेपछि दीपशीखाले आलोचना गरेका हुन् ।
‘पार्टी बैठक लाइभ हॅुनु हॅुदैन, पार्टी कमिटी घर हो, परिवार हो, जीवन हो । जीवन, घर, परीवारका अन्तरंग छलफल लाईभ गर्ने विषय होइनन्’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ढुक्कसॅग बोल्न पाउनुपर्छ, आनन्दसॅग सुन्न पाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, २१ : २५
लेखकबाट थप