काठमाडौ । १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।
हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो ।
सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ ।
तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ परे पनि मुख्य योजनाकरका बारेमा भने अनुसन्धान अधिकृतहरूले हालसम्म कुनै भेउ पाउन नसकेको स्रोतको दाबी छ ।
छानबिनलाई तीव्रता दिइएकाले मुख्य योजनाकार पत्ता लाग्ने विभागका अधिकारीहरूको दाबी छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १४ साउन २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?