एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल निर्वाचित

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, २० : ०८
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा चितवनका अनिल पोखरेल निर्वाचित

चितवन । चितवनका अनिल पोखरेल एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनबाट दुई उम्मेदवारलाई पछि पार्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । चितवनमै जन्मिएर चितवनमै उच्च शिक्षा सम्म अध्ययन गरेका पोखरेल सन् २००७ मा अष्ट्रेलिया पुगेका थिए ।

उनी हालका एनआरएनएका कोषाध्यक्ष समेत थिए ।

प्रतिक्रिया दिनुहोस