मादी नदीमा पुरुषको शव भेटियो

रासस

शनिबार, १३ साउन २०८०, १३ : १४
मादी नदीमा पुरुषको शव भेटियो

दमौली । तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा शनिबार एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस