महिला विश्वकप : इङ्ल्यान्डको जित हासिल

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १६ : ३३
महिला विश्वकप : इङ्ल्यान्डको जित हासिल

एजेन्सी। महिला विश्वकप फुटबलको शुक्रबार भएको खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ । समूह ‘डी’ अन्तर्गतको सिड्नीमा खेलिएको खेलमा इङ्ल्यान्डले डेनमार्कमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । 

 

खेलको प्रारम्भमै गरेको गोल नै इङ्ल्यान्डको जितका लागि पर्याप्त भयो । खेल सुरु भएको छैटौं मिनेटमा इङ्ल्यान्डका लागि लाउरेन जेम्सले निर्णायक गोल गरेकी हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन । 

इङ्ल्यान्ड लगातार दोस्रो जितसँगै ६ अंक बटुलेर तालिकाको पहिलो स्थानमा छ । समान दुई खेल खेलेको डेनमार्क तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा हाइटीलाई १—० गोलले हराएको थियो । 

डेनमार्कले भने आफ्नो पहिलो खेलमा चीनलाई १—० गोलले हराएको थियो । एक—एक खेल खेलेका चीन र हाइटीले भने हालसम्म खाता खोल्न सकेका छैनन् । समूहगत चरणको अन्तिम खेलमा अगस्त १ तारिखमा इङ्ल्यान्डले चीनको र डेनमार्कले हाइटीको सामना गर्नेछन् ।