फिलिपिन्समा डुंगा दुर्घटना हुदाँ २१ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, १२ साउन २०८०, ०९ : ३३
फिलिपिन्समा डुंगा दुर्घटना हुदाँ २१ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्समा डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ । 

राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुङ्गा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ । 

बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ।

यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।