काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ ।
रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।
शुक्रबार र शनिबार ( साउन १२ र १३) हेटौडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरिएको छ । बागमती सहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए ।
पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।
प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।
प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमा सभापति रवि लामिछाने सहित शीर्ष नेताले प्रशिक्षण दिनेछन् । प्रशिक्षकको टोलीमा ११ जना रहेको प्रशिक्षण विभागका सचिव सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले बोलायो केन्द्रिय समिति बैठक
रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?