परिवारभित्रै बलात्कारको त्रासः बुबाले छोरीलाई नातिले हजुरआमालाई !

पत्रपत्रिकाबाट

शुक्रबार, २५ साउन २०७५, ०७ : २४
परिवारभित्रै बलात्कारको त्रासः बुबाले छोरीलाई नातिले हजुरआमालाई !

हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् ।  बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ ।

नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् ।  आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक-पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस