काठमाडौं । नेकपा एमालेलेका सांसद देवेन्द्र दाहालले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठेको बताएका छन् । प्रश्न उठेपछि राजीनामा दिनुको सट्टा गृहमन्त्रीले फुर्ति देखाउँदै हिँडेको आरोप लगाए ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘यो गम्भिर विषय गृहमन्त्रीको संलग्नताबिना हुन सक्ला र ? नैतिकताको विषय होइन । उहाँले सुरक्षालाई व्यवस्थित गर्न सकिन भनेर राजीनामा दिनुपर्थ्यो । अब गृहमन्त्री र अर्थमन्त्री पनि अनुसन्धानको घेरमा रहनुपर्छ ।’
उनले तस्करीलाई संरक्षण गर्ने सरकारको छानविन गर्न नसक्ने भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्न माग गरे । उनले राष्ट्रियसभालाई पनि समेटेर विश्वासिलो संसदीय समिति नभए नभए उच्च स्तरीय न्यायिक समिति गर्न गर्न माग गरे।
उनले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बाउछोराको पनि नाम जोडिएकाले छानविन गर्न माग गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन