एमाले स्थायी कमिटी बैठक शुक्रवार वामदेव निवासमा

विहीबार, ०६ पुस २०७४, १५ : १९
एमाले स्थायी कमिटी बैठक शुक्रवार वामदेव निवासमा

चितवन ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको अवस्था समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक शुक्रवार बस्ने भएको छ ।

चुनावपछि पहिलो पटक बस्न लागेको बैठकले चुनावको समीक्षाका साथै राजनीतिक अवस्थाको बारे पार्टीको दृष्टिकोण तय गर्ने नेताहरुले बताएका छन् ।

समानुपातिक सांसद छनौटबारे समेत बैठकमा छलफल हुने स्रोतले जनाएको छ । बैठक उपाध्यक्ष वामदेव गौतमको निवासमा बस्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस