काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाए ।
‘यस्तो गम्भीर विषयमा विभिन्न निकायका प्रमुखलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने हो कि केही कर्मचारी साटफेर गर्नुपर्ने हो ?’ उनले प्रश्न गरे, ‘डामेर छोडेपछि त्यहाँ भएका सूचना लुकाउने र अनुसन्धान प्रभावित पार्ने समय दिइएको छ । कतिले फोन फम्र्याट गर्लान्, कतिले टेलिभिजनमा तामातुलसी गर्लान् ।’
उनले ट्याक्सीबाट भरिया पक्राउ गरेर मालिकलाई जोगाइएको आरोप लगाए । ‘यदि भरियालाई मालिकसम्म पुग्न दिएको भए मालिकलाई नै कर्यापझ्याप पार्न सकिन्थ्यो होला नि, त्यसो किन गरिएन ?’ उनले भने ।
उनले सुनतस्करीमा ठूलो सेटिङ हुने गरेको र यो निरन्तर चल्दै आएको बताए । आफ्नो पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको र गृहमन्त्रीले त्यसमा चित्तबुझ्दो जवाफ नदिएमा रास्वपाले अर्को कदम चाल्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘रास्वपाले बहुमत नल्याए भ्रष्टाचारी खुशी हुन्छन्’ : रवि लामिछाने
सर्लाही–४ मा अमरेशको पक्षमा चुनाव प्रचार गर्न आज जाँदै रवि लामिछाने
सडक यात्रा सुरक्षित बनाउन विगतका सरकारले चासो दिएनन्, हामी गम्भीर छौँ’ : रवि लामिछाने
भ्रष्टाचारीहरूमाथि कारबाही गर्न खोज्दा मलाई दुख दिइयो : रवि लामिछाने
रवि लामिछानेको दाबी : ‘गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौँ’
घेराबन्दी र दबाबका बीच पनि नझुकेको रवि लामिछानेको दाबी