काठमाडौ । ग्लोल टी-२० क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सुर्रे जगुअर्सले पहिलो जित हासिल गरेको छ।
लिगको आफ्नो तेस्रो खेलमा सुर्रेले टोरन्टो नेसनल्सलाई २० रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। १८ ओभरमा घटाइएको खेलमा सुर्रेको यो पहिलो जित हो।
टस हारेर पहिला ब्याटिङ गरेको सुर्रेले निर्धारित १८ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। उसका लागि इफ्तिखार अहमदले सर्वाधिक ४७ रनको योगदान दिँदा जतिन्दर सिंह २१, एलेक्स हेल्स १६, लिटन दास २१ र म्याथ्यु फोर्डेले १९ रन बनाएका थिए। नेसनल्सका लागि स्पिनर साद बीन जाफरले सर्वाधिक दुई विकेट लिए।
जितका लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेसनल्सले १८ ओभरमा ९ विकेट गुमाएर १ सय २१ रनमात्र बनायो। उसका लागि कोलिन मुनरोले सर्वाधिक ४३ रन बनाए। मुनरो सन्दीपको बलमा बोल्ड आउट भए।
त्यस्तै, शाहिद अफ्रिदीले २३ रन बनाए। सन्दीपले अर्मान कपुरलाई १६ रनमा जनिन्दर सिंहबाट क्याच आउट गराउँदै दुई विकेट लिए। उसका लागि म्याथ्यु फोर्डले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, ०८ : १६
लेखकबाट थप