भूमिकास्थानकाे बजेट : पदाधिकारी सुविधाका लागि डेढ कराेड विनियाेजन

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, ११ : ०३
भूमिकास्थानकाे बजेट : पदाधिकारी सुविधाका लागि डेढ कराेड विनियाेजन

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पदाधिकारि सुविधाका लागि करिब डेढ करोड बजेट विनियोजन गरेको छ ।पदाधिकारीको सुविधाका लागि पत्रपत्रिका इन्टरनेट शीर्षकमा १७ लाख ४० हजार विनियोन गरेको छ ।

यसैगरी पदाधिकारीका लागि टेलिफोन, मोबाइल रिचार्जका लागि १७ लाख ६४ हजार,  यातायातका लागि ३८ लाख २८ हजार विनियोजन गरेको नगरपालिकाले खानेपानी तथा सरसफाइका लागि २१ लाख ६० हजार, इन्धन सुविधाका लागि ३ लाख ६० हजार विनियोजन गरेको छ । 

यसैगरी, नगरपालिकाले इन्धन (कार्यालय प्रयोजन) शीर्षकमा २० लाख विनियोजन गर्दा इन्धन (अन्य प्रयोजन) शीर्षकमा ३ लाख छुट्याएको छ ।पदाधिकारी अतिथि सत्कार शीर्षकमा ८ लाख ७६ हजार विनियोजन गरिएकोमा पदाधिकारि मर्मत सम्भार र विद्युत्/ऊर्जाका लागि २१ लाख ६० हजार विनियोजन गरेको छ।

पदाधिकारी चाडपर्व खर्चमा ५ लाख २ हजार छुट्याएको नगरपालिकाले पदाधिकारी वैठकभत्ता शीर्षकमा १३ लाख विनियोजन गरेको छ ।पदाधिकारी शीर्षकमा मात्रै करोडौ रकम विनियोजन गरेको नगरपालिकाले तलब शीर्षकमा ३ लाख १० हजार समेत विनियनेजन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस