जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई गभर्नर नेपालको चेतावनी

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०७५, १६ : २३
जथाभावी नबोल्न व्यवसायी र बैंकर्सलाई गभर्नर नेपालको चेतावनी

काठमाडौँ । नेपाल राष्ट्रबैँकका गर्भनर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैँकर्सलाई चेतावनी दिनुभएको छ । बैँकर्स एशोसियसन र सेजनले बिहिबार राजधानीमा गरेको अन्तरक्रियामा गर्भनर नेपालले समय अनुकूलको फाईदा हेरेर व्यवसायी र बैकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभएको हो ।

पैसा धेरै भयो राष्ट्रबैँकले लिईदिनुप¥यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैँकर्स र तरलताको समयमा ऋण नलिएर समयअनुकूल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उहा“ले दोहोरो भूमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराउनुभयो । गर्भनर नेपालले वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यक्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भए पनि व्यवसायिक ओभर ड्राफ्टमा भने कमी नआएको स्पष्ट पार्नुभयो । उहा“ले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिनुभयो ।

उहाँले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्रबैँकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तिय क्षेत्रको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस