काठमाडौँ । मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ । केन्द्रीय बैंकले बैंक व्याजदरसहित धरजग्गा, गाडीसँगै धितोपत्र कर्जा (मार्जिन लेन्डिङ) को जोखिमभारलाई केही परिमार्जन गर्ने बताएसँगै सेयर बजारले आक्रामक रुप धारण गरेको हो ।
आज सेयर बजार परिसूचक नेप्से ६३.२४ अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै कारोबार समेत बढेर आज एकैदिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ४.९८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकिङ समूह ४.७८ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ४.१० प्रतिशतले बढेको छ । अन्य उपसूचकहरु १ प्रतिशतदेखि ३ प्रतिशतसम्मले बढेका छन् ।
आज किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य दर्जन बढी कम्पनीको सेयर मूल्य ७ प्रतिशत माथिले बढेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार