सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मकः मन्त्री रिजाल

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १४ : ४७
सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मकः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवद्र्धन गर्न सकारात्मक रहेको बताएका छन ।शुक्रवार नेपाल रत्न तथा आभूषण संघको १८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन। उनले नेपाल रत्न तथा आभूषण संघले व्यवसायीको हक हीत संरक्षणका साथै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको बताए ।

उनले भने, ‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भइ देशभर छरिएर रहेका व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको यस संघले व्यवसायीको हक हीत संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिष्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजश्वमा योगदान दिइरहेको छ । नेपाल सरकारले पनि यस व्यवसयाको प्रवद्र्धनका लागि सदैव सकारात्मक भुमिका खेल्ने विश्वास दिलाउन चाहन्छु ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए । उनले सुनचाँदी व्यवसयालाई व्यवस्थित गर्नेकुरामा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । सुनचाँदीमा लगाइएको २ प्रतिशत थप सेवाशुल्क हटाउनै पर्ने बताए । सुनचाँदी जस्तो अति आवश्यक व्यवसायमा अतिरिक्त कर नलगाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजारको माग घटाइएको बताए । उनले बजारमा सुकेको व्यापार र घटेको बजार रहेको बताए । उनले आयात बढेको, निर्यात घटेकाले व्यापार घाटा चुलिएर गइरहेको बताए । उनले सरकारी खर्च झनै बढ्दै जाँदा राजश्व पनि क्रमशः घटिरहेको बताए । उनले बैंकिङ क्षेत्रमा रकम थुप्रिएको भएपनि लगानीको अवस्था नरहेको जिकिर गरे । प्रताडित रहेको निजी क्षेत्रलाई कसले सम्हाल्ने भन्ने चिन्ता हुँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस