अपहरणकारीले निशानको रुद्रघण्टीसम्म कपडा घुसाएको ‘पोस्टमार्टम’मा पाइयो

पत्रपत्रिकाबाट

विहीबार, २४ साउन २०७५, ०९ : १२
अपहरणकारीले निशानको रुद्रघण्टीसम्म कपडा घुसाएको ‘पोस्टमार्टम’मा पाइयो

काठमाडौं  । अपहरणपछि हत्या गरिएका काठमाडौं, काँडाघारीका निशान खड्काको घाँटीभित्र एकमिटर लामो रुमाल (कपडा) जबरजस्ती घुसाएर निर्मम ढङ्गले हत्या भएको ‘पोस्टमार्टम’ रिपोर्टमा उल्लेख छ ।

घाँटीको रुद्रघण्टीसम्म कपडा घुसाएको देखिन्छ, पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले बताए । चिकित्सकका अनुसार घाँटीमा कपडा घुसाएका कारण श्वासप्रश्वास रोकिन पुग्दा मृत्यु भएको हो ।

डा.मनि महर्जनको नेतृत्वमा तीन सदस्यीय टोलीले शवको पोस्टमार्टम गरेको थियो ।  “बालक निशानको हात खुट्टा च्यापेर माथिबाट जवरजस्ती कपडा घुसाएको देखिन्छ,” पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने, “त्यसपछि पनि मरे नमरेको चाल पाउन दाँया हातले बेस्सरी गला दवाएको देखिन्छ ।” गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस