अब नोटमा केरमेट गरे जेल

पत्रपत्रिकाबाट

विहीबार, २४ साउन २०७५, ०८ : ५०
अब नोटमा केरमेट गरे जेल

काठमाडौं । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको हो ।

ऐनको दफा २६३ मा भनिएको छ, बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यो ऐन भदौ १ गते देखि लागू हुँदै छ  ।  

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोटमा कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो ।  आजको कान्तिपुरले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस