चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।
साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान