काठमाडौ । दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयका डीएसपी पुष्पराज मल्लका अनुसार बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार गरिएको हो।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
बंगलादेशमा एकल हिन्दु महिलालाई सामूहिक बलात्कार
सात वर्षिया बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ