काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा प्रहरीले कार्गो कम्पनीका दुई सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको कोटेश्वरबाट राजन श्रेष्ठलाई पक्राउ गरेसँगै काठमाडौंबाटै पुष्करराज भट्टलाई पनि पक्राउ गरेको छ ।
भट्ट ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक हुन् भने श्रेष्ठ एलिस ट्रान्स ग्रुपका सञ्चालक हुन् । हालसम्म यस प्रकरणमा पक्राउ पर्नेको संख्या ९ जना पुगेको छ ।
यस प्रकरणमा राजस्व अनुसन्धान विभागले सशस्त्र प्रहरी बलसँगको समन्वयमा ५ वटा टोली बनाएर अपरेशन चलाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, २१ : ५४
लेखकबाट थप