काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियमलगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थ मन्त्रालयका ३० उपसचिवको एकैपटक सरुवा र पदस्थापन (सूचीसहित)
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर