आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त नियुक्त

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०७५, १७ : ५३
आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।
महाप्रबन्धक तथा का.मु. प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत श्रेष्ठ २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।  बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागिपर्नु भएका श्रेष्ठको नेतृत्वमा करिब ३ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले १ अर्बभन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
कार्यकारी अधिकृतको सपथ लिंदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बीमा समिति, कम्पनीको संचालक समिति, शेयधनीहरु, कम्पनीमा व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायत समस्त कर्मचारी र कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस