‘मिस्टर भर्जिन’को टिम प्रचार प्रसारका लागि चितवनमा

बुधबार, २३ साउन २०७५, १७ : ०८
‘मिस्टर भर्जिन’को टिम प्रचार प्रसारका लागि चितवनमा

चितवन । रिलिज मिति नजिकिँदै गर्दा फिल्म ’मिस्टर भर्जिन’ले आफ्नो प्रचारप्रसारलाई तीव्र पारिरहेको छ । आज बुधबार चितवनको नारयाणगढमा फिल्म युनिटले फिल्मको बारेमा जानकारी गराएको छ ।
चलचित्रमा गौरव पहाडी,मरिष्का पोखरेलको मुख्य भुमिका रहेको छ । चलचित्रमा नायिका मरिष्का पोखरेल ‘कल गर्ल’को भूमिकामा देखिएकी छिन् ।
पत्रकार सम्मेलनमा बोल्दै नायक गौरव पहाडीले ’मिस्टर भर्जिन’ नेपालको पहिलो सेक्सी कमेडी फिल्म भएको प्रतिकृया दिए । फिल्म सम्पुर्ण परिवारको साथमा हर्ने सकिने पनि उनले बताए ।
त्यस्तै नायिक मरिष्काले चलचित्रले ३ फरक फरक उमेर समुहका मानिसहरुको समस्यालाई उठान गरेको उनीहरुले बताईन ।

चलचित्रको नाम अनुसार अश्लील दृष्य समावेश नगरिएको जानकारी दिईन् ।खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, विशारद बस्नेतको यसमा लगानी छ । 
दीपकमान सिंहको नृत्य निर्देशन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, महेश दवाडीको संवाद छ । ल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस