आयो खुमन र सञ्जुको रमाइलो तीज गीतको म्युजिक भिडियो

बुधबार, २३ साउन २०७५, १६ : ५५

चितवन । गायिका तथा मोडल संजु न्यौपाने र गायक खुमन अधिकारीको स्वरमा रहेको रमाइलो तीज गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । बिक्रम कुँवरको लय सृजना रहेको उक्त गीतमा नवीन न्यौपानेको शव्द रहेको छ ।
म्युजिक भिडियोमा मोडल ध्रुव हिमाली र गायिका संजु न्यौपानेले अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशन रहेको म्युजिक भिडियोमा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीच भएको फोनवार्तालाई रोचक ढंगले देखाइएको छ । सामाजिक सन्देशमुलक रमाइलो म्युजिक भिडियो युट्युबमा पनि हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस