काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डलको इटालीको भ्रमणलाई समेत स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत