काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरु राष्ट्रिय पार्टीको रुपमा उदय भए पछि बिदेशिनेको संख्या बढेको आरोप लगाएका छन् ।
नेकपा एमालेको सरकार हुदाँ बिदेशिनेको संख्यामा कमी आएको दावी गर्दै महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोडन आग्रहसमेत गरेका छन ।
‘नेकपा एमाले सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ,’ पोखरेलले भने, ‘तर, तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कु–प्रचार हो।
उनले बिदेशमा रहेकालाई फर्काउँछु भन्नेहरुले राष्ट्रिय मान्यता पाएको पार्टी आए पछि थप समस्या भएको बताएका छन । ‘विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो,’ उनले भनेका छन, ‘के यसको जिम्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल
अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि तथ्यमा आधारित नीति आवश्यक : शंकर पोखरेल
सुकुम्वासीको वेदना बुझेर सम्मानजनक विकल्प दिनु सरकारको जिम्मेवारी हो : शंकर पोखरेल
लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना : शंकर पोखरेल
सुशासनको नाममा आएका मन्त्री र सभामुखले पारदर्शिताको धज्जी उडाए : शंकर पोखरेल