अमेरिकामा बाढीले तिनजनाको मृत्यु

एजेन्सी

सोमबार, ०१ साउन २०८०, ०९ : १७
अमेरिकामा बाढीले तिनजनाको मृत्यु

एजेन्सी  । अमेरिकाको दक्षिणपूर्वी पेन्सिलभेनियामा शनिबार साँझ आएको बाढीका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने नौ महिनाको बच्चासहित चार जना बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार दक्षिणपूर्वी पेन्सिलभेनियामा आएको बाढीले धेरै कारहरू बगाएको छ र जसका कारण तीन जनाको मृत्यु भएको हो।

बक्स काउन्टीको मेकफिल्ड टाउनशिपका अधिकारीहरूका अनुसार शनिबार बेलुका ५ः३० बजे वाशिंगटन क्रसिङ क्षेत्रमा मुसलधारे वर्षा भएको बताए।उही समयमा माथिल्लो मेफिल्ड फायर चीफ टिम ब्रेवरले उक्त क्षेत्रमा ४५ मिनेटमा सात इन्च पानी परेको बताए ।

सडकमा चारदेखि पाँच फिट पानी जमेको उनले बताए । त्यसबेला सडकमा करिब ११ वटा कार थिए, जसमध्ये तीन वटा बगेर गएका थिए ।

प्राप्त जानकारी अनुसार बाढीमा परी ४० देखि ६० वर्ष उमेर समूहका दुई महिला र एक पुरुषको मृत्यु भएको छ भने बेपत्ता हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । जसको उमेर नौ महिनादेखि ६३ वर्षसम्म रहेको बताइएको छ ।

टिम ब्रेवरले पीडितहरूको पहिचान गर्न अस्वीकार गरेका छन  तर एक परिवार फ्ल्याश बाढीबाट गम्भीर रूपमा प्रभावित भएको बताए। उनले आठ जनाको कार र दुई जनाको खोलाबाट उद्धार गरिएको बताए । तर, वेपत्ता भएका तीनै सवारीसाधन पछि फेला परेका थिए । तर, ती गाडीभित्र कोही पनि उपस्थित थिएनन् ।