अचम्मको 'घाँस' जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न 'बाँदर घाँस'

पत्रपत्रिकाबाट

बुधबार, २३ साउन २०७५, ०७ : ५७
अचम्मको 'घाँस' जहाँ बाँदर पर-परै भाग्छ ! बाँदर रोक्न 'बाँदर घाँस'

बाँदरले अचाक्ली दुःख दिन थालेपछि तामाकोसी गाउँपालिकाले बाँदर घाँस रोप्ने नीति लिएको छ ।  पहिलो चरणमा भीरकोटमा मोलसेस जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको छ । बाँदर घाँस रोपेपछि बाँदरको विगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।
मोलसेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने भएकाले बाँदर यसको वरिपरि नै जाँदैन ।
यो घासबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने गाउँपालिका प्रमुख ईश्वरपचन्द्र पोखरेलले बताए ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस