रौतहटको राजदेवीमा घरको भित्ता फोरेर चोरी

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, ११ : ५३
रौतहटको राजदेवीमा घरको भित्ता फोरेर चोरी

रौतहट । रौतहटको सदरमुकाम गौरसँगै जोडिएको राजदेवी नगरपालिकामा एकैपटक १० घरमा चोरी भएको छ । शुक्रबार राती १० घरको भित्ता फोरेर लाखौं रुपैयाँ बराबरको चोरी भएको हो । राजदेवी ७  मुडवालबा गाउँमा धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

 

स्थानीय मुकेश प्रसाद यादव, रामनरेश यादव, रामनाथ यादव, रामपति यादव, लालबाबु यादव, पवन यादव, नन्दकिशोर यादव, सन्तोष यादव, रामगुलाम यादव र एजन राय यादवको घरबाट फोरेर धनमाल चोरी भएको हो ।

रामपति यादवको घरबाट नगद ८६ हजार, एक थान सुनको कानको बाली, चाँदीको पाएल, मोबाइल १ थान, हेल्मेट १ रलताकपडा लगायतका सामान चोरी भएको छ ।त्यस्तै स्थानीय पवन यादवको घरमा ती ठाउमा सुरुङ्ग खनेर चोरी भएको छ । उनको घरबाट नगद ५० हजार, एक थान मोबाइल र हेल्मेट चोरी भएको छ ।

मुकेश यादव, नरेश यादव र रामनाथ यादवको घर बाट २ थान मोबाइल चोरी भएको छ भने रामगुलाम यादवको घरबाट ३१  हजार रुपैयाँ चोरी भएको पीडित परिवारले जानकारी दिएका छन् ।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर यादवले घटनाको पुष्टि गर्दै त्यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस