आलुमिनियमको भाँडोमा खाना पकाउदै हुनुहुन्छ, सचेत रहनुस यस्तो हुनसक्छ...

एजेन्सी

शनिबार, ३० असार २०८०, ०९ : १८
आलुमिनियमको भाँडोमा खाना पकाउदै हुनुहुन्छ, सचेत रहनुस यस्तो हुनसक्छ...

एजेन्सी । पहिलेको जमानामा माटोको भाँडोमा खाना पकाइन्थ्यो तर आजकल जमाना बदलिँदै जाँदा मानिसहरू नयाँ भाँडाकुँडामा खाना पकाउन थालेका छन् ।

खाना पकाउनका लागि पीतल, काँस, चाँदी, फलाम, आलुमिनियम, स्टील र ननस्टिक कूकवेयरको उपयोग हुन्छ । यी सबै भाँडामा खाना पकाउनुका आआफ्नै फाइदा र नोक्सानी छन् तर आलुमिनियममा खाना पकाएर खानु चाहिँ स्वास्थ्यमा खेलवाड गर्नु नै हो ।

तर अचम्मको कुरा चाहिँ आलुमिनियम नै आजभोलि भान्सामा अत्यधिक उपयोग हुन्छ । यो दुई कारणले हुन्छ : पहिलो, यसमा खाना छिट्टो पाक्छ र दोस्रो, यो अरू भाँडोभन्दा सस्तो हुन्छ । तर सस्तो खोज्ने नाममा स्वास्थ्यसँग सम्झौता गर्नु ठीक होला त ?

आलुमिनियमको भाँडोमा पकाएको खानाको स्वाद र रंग दुवै बदलिन्छ किनकि चारदेखि पाँच मिलिग्राम आलुमिनियमको मात्रा प्रत्येक दिन हाम्रो भोजनमा पर्छ र त्यसले भोजनको प्राकृतिक पोषणलाई नष्ट गर्छ ।

अझ महत्त्वपूर्ण त, यो धातुलाई हाम्रो शरीरले निकाल्न पनि सक्दैन र अलि अलि गर्र्दै हाम्रो शरीरमा जम्मा हुन थाल्छ । यसले स्लो पोइजनको काम गर्छ ।

आलुमिनियम बक्साइटबाट बन्छ । शरीरका अन्य विषाक्त पदार्थ मलमूत्रद्वारा शरीरबाट निस्केपनि आलुमिनियमको कण चाहिँ शरीरबाट निस्कँदैन । यो त पेटमा जम्मा भएर शरीरको कार्यप्रणालीलाई बिगार्न थाल्छ ।

लामो समयसम्म यस्तो भाँडोमा खाना खाँदा यो धातु कलेजो र नर्भस सिस्टममा पस्छ र अनेकौं रोगको कारण बन्छ । दम, पेटको रोग, अल्झाइमर्स, बाथ, मानसिक रोग, क्षयरोग र हाडको रोग पनि यसले गराउँछ ।

यसले मिर्गौला र मस्तिष्कका कोशिकाहरूमा क्षति पु–याउँछ ।

आलुमिनियम नून र एसिडको सम्पर्कमा आउनेबित्तिकै पग्लिन थाल्छ र यसको कण खानेकुरामा सजिलै मिसिन्छ ।

भोजनमा भएको आइरन र क्याल्सियमलाई आलुमिनियमले सजिलै सोसिदिन्छ । यसले गर्दा हाड कमजोर हुन्छ ।

बच्चाहरूलाई यसले अत्यधिक असर गर्छ । अनुसन्धानले देखाएअनुसार, आलुमिनियमले बालबालिकाको मानसिक विकासलाई रोकिदिन्छ । उनीहरू मानसिक रूपमा थाक्छन् र खेल्न तथा अरू काम गर्न उनीहरूलाई मन लाग्दैन ।

आलुमिनियमभन्दा फलामको भाँडो ठीक हुन्छ । यसमा खाना पकाउँदा भरपूर आइरन पाइन्छ । तर फलामको भाँडोमा पकाउँदा अमिलो प्रयोग नगर्नुहोला । स्टेनलेस स्टील पनि सुरक्षित भाँडोमा पर्छ ।

प्रतिक्रिया दिनुहोस