एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ।
बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन्।
गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए।
प्रत्येक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ। सन् २०२२ मा भारतभर चट्याङका कारण नौ सय सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु