सातामा १६ अर्ब २७ करोड रुपैंयाँको सेयर किनबेच

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, ११ : ३९
सातामा १६ अर्ब २७ करोड रुपैंयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से दुई हजार ८४ दशमलव ९३ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९१ दशमलव २५ अंकमा सिमित भएको छ ।सातामा कुल दुुई सय ९६ वटा कम्पनीहरुको तीन लाख १० हजार आठ सय ९० पटकको कारोबारमा चार करोड ५४ लाख १० हजार सात सय १२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १६ अर्ब २७ करोड ८३ लाख ७७ हजार चार सय १४ रुपैंयाँ पुगेको छ ।

यो कारोबार रकम गत साताको भन्दा केही कम हो ।गत साता नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ६६ हजार छ सय ९८ पटकको कारोबारमा चार करोड ५० लाख ३८ हजार २३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १७ अर्ब ८६ करोड छ लाख ८५ हजार एक सय ३४ रुपैंयाँ पुगेको थियो ।

यो साता नेप्सेको पाँच दिन नैं खुल्ला रहेकोमा पहिलो र चौंथो दिन बढेको नेप्से बाँकी तीन दिन लगातार घटेको थियो ।सो मध्ये पहिलो दिन २८ दशमलव ३८ अंकले बढेर दुई हजार ७७ दशमलव ७६ अंकमा पुगेको नेप्से अन्तिम दिन भने १२ दशमलव ६२ अंकले घटेर दुई हजार ८४ दशमलव ९३ अंकमा खुम्चिन पुगेको थियो ।

यि बाहेकका बाँकी दिनहरु मध्ये चौंथो दिन नेप्से बढेपनि अन्य दिन नेप्से घटेको थियो । यसैगरी पहिलो दिन छ दशमलव ३५ अंकले बढेर तीन सय ८८ दशमलव ५१ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स पाँचौं दिन शुन्य दशमलव ९० अंकले घटेर तीन सय ९१ दशमलव २५ अंकमा खुम्चिएको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार हुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।