जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, १३ : २६
जसपा निकट कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल निकट संघीय कानुन व्यवसायी एसोसिएसनको राष्ट्रिय सम्मेलन हुने भएको छ । सो संगठनको आगामी साउन ५ र ६ गते काठमाडौँमा सम्मेलन हुन लागेको हो । 

एसोसिएसनमा आवद्ध देशैभरीका करिब डेढ सय जना कानून व्यवसायी सो सम्मेलनमा सहभागी हुने जसपाले जनाएको छ । सम्मेलनका लागि व्यवस्थापन समिति, आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत भइसकेको संघीय कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष अधिवक्ता दिपक राईले बताए । सम्मेलनको उद्घाटन जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्ने बताइएको छ ।

 

कानुन व्यवसायीहरुको यो संगठन सो पार्टीको बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको मुख्य घटक संगठनको रुपमा सक्रिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस