प्रभु बैंकले हस्तान्तरण गर्‍यो पर्यटनमन्त्री किरातीलाई हाइड्रोलिक हपर गाडी

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, १९ : ३९
प्रभु बैंकले हस्तान्तरण गर्‍यो पर्यटनमन्त्री किरातीलाई हाइड्रोलिक हपर गाडी

काठमाडौ । प्रभु बैंकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई फोहोरमैला व्यवस्थापन गर्ने प्रयोजनका लागि टाटा एसको हाइड्रोलिक हपर टिपर गाडी प्रदान गरेको हो ।

बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किरातीलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन् । उक्त गाडी दैनिक सञ्चालनका लागि बैंकले एक जना चालकलाई एक वर्षको पारिश्रमिक बापत  ३ लाख रुपैयाँ समेत उपलब्ध गराएको छ ।

उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, कोषका परिषद् सदस्यहरू तथा अन्य पदाधिकारीहरू, बैंकका चिफ मार्केटिङ्ग अफिसर मञ्जयराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

उक्त गाडीले कोषलाई पशुपति क्षेत्र वरपरको फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस