सीता दाहालको निधन नेपालको बाम आन्दोलनलाई क्षति : जनमोर्चा

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, १३ : २४
सीता दाहालको निधन नेपालको बाम आन्दोलनलाई क्षति : जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी तथा नेकपा (माओवादी केन्द्र) की सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै  दाहालको मृत्युले नेकपा (माओवादी केन्द्र) तथा नेपालको बाम आन्दोलनलाई क्षति पुगेको बताएका हुन् । 

 

केसीले  शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै  शोकाकुल नेकपा (माओवादी केन्द्र)लाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन् । दाहालको बुधबार बिहान ८: ३३ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस