काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ४.७३ अंकले घटेर दुई हजार ७२ दशमलब २४ विन्दुमा झरेर बन्द भएको हो ।
आज दुई अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट लिमिटेड रहेका छन् ।
आज सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जी लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मन्दाकीनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेनस लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असार २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से ९ दशमलव ५४ अङ्कले घट्यो
नेप्से बिहीवार १९ दशमलव ५६ अङ्कले घट्यो
१४ दशमलव ८१ अङ्कले घट्यो नेप्से, २ अर्ब १० करोडको कारोबार
१७ दशमलव ३० अंकले घट्यो नेप्से
१० दशमलव १४ अङ्कले बढ्यो नेप्से, २ अर्ब ३५ करोडको कारोबार
नेप्सेमा उच्च अङ्कको गिरावट